सस्तो सुनको प्रलोभनमा ६० लाख लुट्ने थप २ जना झापाबाट पक्राउ

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १७:५१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौँ। काठमाडौँको घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाएर ६० लाख रुपैयाँ डकैती गर्ने गिरोहका थप दुई सदस्यलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका ४१ वर्षीय रमेश बुढा मगर र इलामका ३४ वर्षीय दीपक राई रहेका छन् ।

गत माघ १४ गते काठमाडौँ महानगरपालिका–१४ स्थित घ्याङ्खेलमा ‘सस्तोमा सुन दिन्छु’ भन्दै पीडितलाई ६० लाख रुपैयाँसहित बोलाएर ८–९ जनाको समूहले कुटपिट गरी रकम लुटेको थियो । घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा झापाको बिर्तामोडबाट समातिएको हो । प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल र लुटपाटमा प्रयोग भएका दुई थान मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जना पुराना आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन् । रमेश बुढा मगर लागू औषध मुद्दामा ९ वर्ष जेल बसेर २०७८ मा छुटेका व्यक्ति हुन् भने दीपक राई यसअघि चोरी मुद्दामा पक्राउ परेका थिए । प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ र गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.