झापामा खैरो हेरोइनसहित २ जना पक्राउ

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १८:०२

विराटनगर । झापाबाट प्रहरीले शुक्रबार दिउँसो लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु स्कुटरमा सवार रहेका थिए ।

पक्राउ पर्नेमा कमल गाउँपालिका–५ का ४० वर्षीय सूर्यबहादुर विक र २२ वर्षीय संजोक राई रहेका छन् । उनीहरुलाई प्रहरीले गौरीगन्ज गाउँपालिका–२ आँपगाछीबाट पक्राउ गरेको हो ।

आँपगाछीबाट उत्तर बाहुन टोलतर्फ जाँदै गरेको मे १० प ८४३२ नम्बरको स्कुटरलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यस क्रममा स्कुटरको पछाडि सवार विकको साथबाट ४२ ग्राम ८ सय १० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यसलगत्तै प्रहरीले विक र स्कुटर चालक राईलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनलाई इलाका प्रहरी कार्यालय गौरीगन्जको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.