बिर्तामोडमा लागुऔषधसहित ४ जना पक्राउ

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १०:३४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा लागुऔषध ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका-२ कछुबारीस्थित गोविन्द बस्नेतको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बिर्तामोड-९ का ४२ वर्षीय तिलक बुढाथोकी, बिर्तामोड-२ का ४२ वर्षीय गोविन्द बस्नेत, बिर्तामोड-३ का ५२ वर्षीय टंक गिरी र बिर्तामोड-४ का २८ वर्षीय उदय साह रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकबाहेक ८ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ३ वटा मोबाइल, नगद ६ हजार रुपैयाँ र २५ हजार रुपैयाँको काटेको चेक बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय बिर्तामोडले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.