धरानमा करिब एक टन गाँजा बरामद

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार ११:५७

धरान । सुनसरीको धरानबाट करिब एक टन गाँजा बरामद भएको छ । एक टनको एक हजार किलो हुन्छ ।

प्रहरीले मंगलबार बिहानका राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको दुईवटा सवारीसाधनलाई नियन्त्रणमा लिएर दुई जना चालकलाई पक्राउ पनि गरेको छ ।

नियमित चेकजाँचका क्रममा प्रहरीले ९५५ किलोग्राम गाँजा फेला पारेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका–२० बरडाँडामा शंकास्पद अवस्थामा रहेका सवारीसाधन रोकेर प्रहरीले चेकजाँच गरेको थियो । चाँदी बजारबाट विष्णुपादुकातर्फ जाँदै गरेका दुईवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर तलासी गर्दा ९५५ किलो गाँजा बरामद भएको जानकारी उनले दिए ।

प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीमा ३३ वटा पोकाबाट ४९५ किलोग्राम गाँजा फेला परेको छ । उक्त गाडीका चालक बारा जिल्लाको कोल्हवी नगरपालिका–८ का ३३ वर्षीय सन्दीपकुमार माझीलाई पक्राउ गरिएको छ ।

त्यसैगरी, बा एसी ३२३६ नम्बरको अर्को गाडीमा २३ पोकाबाट ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । सो गाडीका चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । दुवै गाडीबाट ९५५ किलोग्राम गाँजा बरामद भएको हो ।

बरामद गाँजा, सवारीसाधन तथा दुवै चालकलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

गाँजा कहाँबाट ल्याएर कता लैजान खोजिएको हो भन्ने यकिन छैन । अन्तिम गन्तव्य, संलग्न मुख्य गिरोह तथा आर्थिक कारोबारको पाटोका बारेमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.