इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार २१:०८

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएका दुर्घटनामा एक मोटरसाइकल चालक र एक साइकल यात्रीले ज्यान गुमाएका हुन् ।

मंगलबार बेलुका करिब ५:१० बजे ईटहरी–१३, ट्रान्सपोर्ट नजिकै कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको म.प्र. ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३०–३२ वर्षका पुरुषको उपचारका क्रममा साँझ ५:३२ बजे विराट मेडिकल कलेज बुढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । ट्रक र चालक मकवानपुर मनहरी–१ बस्ने २४ वर्षीय सरोज लामालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

इटहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गको गोल चोकमा बेलुका ५:५० बजेतिर पश्चिमबाट मोडिएर धरानतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले एक साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङ सुन्दरहरैँचा–५ का ४० वर्षीय कुमार श्रेष्ठको धरानस्थित बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हाे । ठक्कर दिने ट्रक र चालक तेह्रथुम लालीगुराँस–७ का २७ वर्षीय दिल बहादुर मगरलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.