मुखमा राखेर ब्राउन सुगर ओसारपसार, दुई जना पक्राउ

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार ०७:०३

झापा । झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बुधबार दिउँसो बिर्तामोड नगरपालिका–२ फूलबारी टोलका २१ वर्षीय प्रकाश तामाङ र बिर्तामोड–४ बिर्ता बजारका १९ वर्षीय मौसम तामाङलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्लाष्टिकको पोका पारी मौसम तामाङले मुखभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मौसमको मुखबाट ५ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । यो घटनाले मुखभित्र लुकाएर पनि ब्राउन सुगरको ओसारपसार हुने गरेको पत्ता लागेको छ ।

दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.