‘आफैंले जलाएको’ संसदको सदस्य बने कृष्णकुमार कार्की

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार २०:०४

विराटनगर । मुलुकको सर्वोच्च जनप्रतिनिधि संस्था ‘प्रतिनिधिसभा’ (संसद) भवन जलाउन अग्रसर देखिएका कृष्णकुमार कार्की सोही सदनको सदस्यमा निर्वाचित भएका छन् ।

कार्की मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । अन्तिम मतपरिणाम अनुसार कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलिपकुमार अग्रवाल (बगडिया)लाई भारी मतान्तरले पराजित गरे ।

४० हजार ९ सय २४ मतसहित कार्की विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बगडियाले १५ हजार ६ सय २४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २५ हजार ३०० छ ।

तेस्रो भएका नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे । मोरङ–२ मा प्रभावशाली नेतालाई पराजित गरेका कार्की जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगो लगाएको घटनामा अग्रपंक्तिमा देखिएका थिए ।

संसद भवनमा आगो लगाएको आरोप खेपिरहेका कार्की त्यही संसदको सदस्यमा भने भारी मतसहित निर्वाचित भएका हुन् । अब उनी सोही संसद भवनबाट कानुन निर्माणमा भूमिका खेल्नेछन् ।

गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा संसद भवन अगाडि प्रदर्शनकारीमाथि गोली प्रहार भएपछि भदौ २४ प्रदर्शन भड्किएको थियो । आक्रोशित भिडले संसद भवनसहित सर्वोच्च अदालत, सिंहदरबारलगायतका मुलुकका सर्वोच्च संरचनामा आगजनी गरे ।

कार्की संसद भवन जलाउने कार्यमा सहभागी थिए । जसको फोटो र भिडियो उनी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । कार्की वैदेशिक रोजगारीका लागि जापान गएका थिए । जापानबाट फर्किएपछि रास्वपासँग आबद्ध भएका उनले प्रतिनिधिसभा सदस्यमा टिकट पाए ।

जापानमा रहँदा उनले आफ्नो नाममा मोरङ क्षेत्र नम्बर २ का विभिन्न स्थानमा सामाजिक काम गरेका थिए । निर्वाचन प्रचारप्रसारका क्रममा आफूले गरेको काम देखाउँदै मत मागेका थिए । जेनजी आन्दोलन र रास्वपाको प्रभावका कारण सहजै जित हासिल गर्न सफल भएका उनलाई संसद भवन आगो लगाएको आरोपबीच भारी मत दिएर मतदाताले अनुमोदन गरिदिएका हुन् ।

‘देश जलाउने’हरु मोरङमा रास्वपाका उम्मेदवार !

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.