
अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को अन्तिम खेलमा कुरासाओलाई २–० गोलअन्तरले पराजित गर्दै आइभरी कोस्टले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा आइभरी कोस्टका लागि अनुभवी फरवार्ड निकोलस पेपे टोलीलाई जितका लागि दुवै गोल गर्दै नायक बने । उनले खेलको सातौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आइभरी कोस्टको जित सुनिश्चित गरे ।
खेलभर बलमाथि नियन्त्रण कायम राखेको आइभरी कोस्टले आक्रमणमा दबाब बनाइरहँदा कुरासाओले भने गोल फर्काउने अवसर सिर्जना गर्न सकेन । पेपेको उत्कृष्ट प्रदर्शनका कारण आइभरी कोस्ट महत्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्न सफल भयो ।
यस नतिजासँगै आइभरी कोस्टले समूह चरणका तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्यो । समान ६ अंक भए पनि गोलअन्तरमा पछि परेकाले टोली समूह उपविजेताका रूपमा अन्तिम १६ मा पुगेको हो ।



















