ब्राउन सुगरसहित दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १०:०३
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ

झापा । झापाको झापा गाउँपालिका–४ चौधरी टोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

झापाको दमक नगरपालिका–८ का ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारतको बिहार राज्य, किशनगंज जिल्ला दिघल बैंक थानाअन्तर्गत कुतुवाभिट्टाका १९ वर्षीय अब्दुल रहमानलाई ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी टाघनडुब्बा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको लागुऔषध कालो प्लास्टिकको पोकामा बेरेर ल्याइएको थियो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयमा काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.