झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार ११:४१

झापा । झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाभित्र दुई पटक चोरी भएको छ ।

पहिलो पटक पानी तान्ने मोटर चोरी भएको थियो भने दोस्रो पटक कम्प्युटर, सीपीयू, स्पिकर र अन्य शैक्षिक सामग्री चोरी गरिएको प्रधानाध्यापक बचना राईले जानकारी दिइन् । चोरीमा संलग्नले विद्यालयको दानपेटिका फुटाएर करिब ५ हजार रुपैयाँ नगद पनि लगेको विद्यालयले जनाएको छ ।

घटनापछि विद्यालय व्यवस्थापन समिति र स्थानीयले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिँदै दोषीको पहिचान, कानुनी कारबाही, सुरक्षा व्यवस्था र चोरी भएका सामग्री फिर्ताको माग गरेकका छन् । बारम्बार चोरी भएपछि विद्यालयको सुरक्षा र पठनपाठनप्रति स्थानीयमा चिन्ता बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.