ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार ११:५७
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा आफ्नै श्रीमतीलाई साडीको पासो लगाई हत्या प्रयास गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय वसन्ता बैठा धोबीलाई पक्राउ सगरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वसन्ताले सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुराली घरमा १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि सांघातिक आक्रमण गरेका थिए । उनले श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

वसन्ताले श्रीमतीको घाँटीमा पासो लगाउँदै गरेको दृश्य उनकी बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले देखेकी थिइन् । बालिकाले तत्कालै होहल्ला गर्दै आफन्तलाई खबर गरेपछि परिवारका सदस्यहरूले समयमै पुगेर पासो फुकालेका थिए । बालिकाको समयमै सूचना र आफन्तको सक्रियताका कारण चिन्ता देवीको ज्यान जोगिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउन लगत्तै प्रहरी चौकी राजघाटको टोलीले घाइते चिन्ता देवीलाई उद्धार गरी उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैया पुर्‍याएको थियो । त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो । हाल उनको रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या प्रयास गर्ने वसन्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×