खैरो हेरोइनसहित झापाबाट दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १२:१३

झापा । प्रहरीले ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले ५३ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका-११ का २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे नगरपालिका-५ का २४ वर्षीय गणेश चौधरी रहेका छन्।

Advertisement

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनसहित प्रदेश १-०१-००२ ह ३५६९ नम्बरको एक थान सिटी सफारी र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.