डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १५:४३

काठमाडौं । ललितपुरको ग्वार्काेस्थित बीएण्डबी अस्पतालमा एक १७ वर्षीया किशोरीको गैरकानुनी रूपमा डिम्ब (अण्डा) निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वरिष्ठ स्त्रीरोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ डा. नूतन शर्मासँग बयान लिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले डा. शर्मालाई नियन्त्रणमा लिएर बयान लिएपछि हाजिर जमानीमा रिहा गरेको छ । ललितपुरका एसएसपी तुलबहादुर कार्कीका अनुसार सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई हाजिर जमानीमा छाडिएको र अनुसन्धान प्रक्रिया जारी रहेको छ ।

Advertisement

गएको असार १४ गते बीएण्डबी अस्पतालको आइभिएफ सेन्टरमा ती १७ वर्षीया किशोरीको डिम्ब निकालिएको थियो । किशोरीको अण्डा निकाल्न बिचौलियाको भूमिका खेलेको आरोपमा प्रहरीले यसअघि नै लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्ने राधिका गोतामेलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा ती किशोरीलाई ३० हजार रुपैयाँ दिएर अण्डा निकालिएको खुलेको छ । अण्डा निकालेपछि किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि मात्र परिवारले घटनाबारे थाहा पाएका थिए ।

पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चिकित्सक र बिचौलिया विरुद्ध जाहेरी दिएका थिए । डा. शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि दुई पटक अदालतसँग अनुमति मागेको भए पनि अदालतले अनुमति दिएको थिएन ।

अदालतबाट पक्राउ अनुमति नपाएपछि सरकारी वकिलले बिचौलिया राधिका गोतामे र डा. शर्मा दुवैलाई हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिएको हो । हाल प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता र कानुनी प्रक्रियाका विषयमा थप सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
सुनवर्षीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
ग्यासको आयात बढेकाले सिलिन्डर ‘होल्ड’ नगर्न आग्रह
बढ्दै साइबर अपराध: सजगता नअपनाए लाग्न सक्छ कानुनी झमेला
सरकारको कार्यशैली, पार्टीको अवस्था र अदालतको आदेशबारे थापाको कडा टिप्पणी
ओलीले निर्देशन दिएकै दिन मुख्यमन्त्री कार्कीले पद छाड्ने दाबी
मृतकसँग मनमुटाव वा नोटमा नाम उल्लेख हुँदैमा आत्महत्या दुरुत्साहन नठहरिने सर्वोच्चको व्याख्या
डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.