मिथिलाञ्चलमा मधुश्रावणी पर्व समापन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ११:०४

विराटनगर। मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरूले १३ दिनसम्म मनाउने मधुश्रावणी पर्व शनिबार विधिवत् रूपमा समापन गरेका छन्। साउन कृष्ण पञ्चमी (मौनापञ्चमी) का दिन सुरु भएको यो पर्व साउन शुक्ल तृतीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा रहेको छ।

पतिपत्नीबीच प्रगाढ प्रेम र अटल सौभाग्यको कामना गर्दै नवविवाहिता मिथिलानीहरूले विवाहको पहिलो वर्ष माइतीघरमा यो पर्व मनाउने गर्छन्। पर्वका लागि आवश्यक खाद्य सामग्री, नयाँ वस्त्र र आभूषण पतिपक्षबाटै पठाइदिने चलन छ। पर्वभर बर्तालुहरूले भगवान् शङ्कर, देवी गौरी (पार्वती) र विषहरा (नाग देवता) को पूजाआराधना गर्दै घरका ज्येष्ठ महिलाबाट पौराणिक कथा सुन्ने गर्छन्।

Advertisement

यस पर्वको १२ औँ दिनको राति बर्तालुको देब्रे घुँडामा कपासको बत्ती बालेर डाम्ने ‘टेमी’ दिने परम्परा छ। टेमी दिँदा उठेको फोकाले पतिपत्नीबीचको प्रेम गाढा हुने जनविश्वास रहँदै आएको छ। यद्यपि, पछिल्लो समय नयाँ पुस्ताका मिथिलानीहरूले घुँडा डाम्नुको सट्टा शीतल चन्दनको लेप लगाउने परिष्कृत अभ्यास अपनाउन थालेका छन्।

पर्व अवधिभर साँझपख सखीसहेलीसँगै गीत गाउँदै ‘फूललोढी’ (फूल संकलन) गर्ने र भोलिपल्ट ती बासी फूल तथा बेलपत्रले पूजाअर्चना गर्ने विशेष विधान छ। समापनपछि ती पूजा सामग्रीहरू पवित्र नदी वा तलाउमा विसर्जन गरिन्छ। पहिले ब्राह्मण, कायस्थ, देव र सोनार समुदायमा मात्र सीमित यो पर्व अचेल मिथिला क्षेत्रका विभिन्न समुदायमा समेत साझा पर्वका रूपमा झाँगिँदै गएको छ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.