घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १६:२२
तस्बिरः फायल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

आइतबार बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक दिउँसो २:१५ बजेदेखि दुवैतर्फी खुलेको हो । यसअघि दिउँसो १२ बजेदेखि एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । एकतर्फी सञ्चालनका क्रममा सवारीसाधनलाई लामबद्ध गरी आलोपालो पठाइएको थियो ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार सडकभन्दा करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसेकाले सफाइमा कठिनाइ भएको थियो ।

उक्त स्थानमा सडकको भित्तो काटिएको नभई माथिबाट आफैँ पहिरो खसेको उनले बताए । पहिरो खसिरहेको क्षेत्र कमजोर रहेकाले जुनसुकै बेला फेरि पहिरो खस्न सक्ने जोखिम कायमै रहेको मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.