ब्राउन सुगरसहित बेलबारीबाट एक जना पक्राउ

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १५:०२
ब्राउन सुगरसहित बेलबारीबाट एक जना पक्राउ

विराटनगर । मोरङको बेलबारीबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीस्थित कविर टोलका ३० वर्षीय भोजबहादुर राई रहेको मोरङ प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आइतबार राति ९ः५० बजेतिर  ५० राईको घर कोठामा लागुऔषध लुकाइछिपाई राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले घरमा खानतलासी गर्दा प्लास्टिकबाहेक १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र नगद ५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। बरामद ब्राउन सुगर र नगदसहित राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.