कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार २१:०३

काठमाडौं । कमिल मिशाराको अविजित शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले मिशाराको अविजित शतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले १७ बलमा ३ छक्काको मद्दतमा अविजित ३० रन जोडे । सहान अराचिगेले १३ बलमा २ चौका र १ छक्कासहित २४ तथा रासिद खानले १२ रन बनाए ।

ओपनर साहिल पटेल दोस्रो ओभरमै व्यक्तिगत २ रनमा आउट भए । त्यसपछि बोसिस्टोले अर्का ओपनर साम हिजलेटसँग २५ रनको साझेदारी गरे । तर, पाँचौँ ओभरमा हिजलेट ३ रनमा आउट भएपछि काठमान्डुले ३० रनमै दुई विकेट गुमायो ।

बोसिस्टोले रासिद खानसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । तर, बोसिस्टो, रासिद र सहान अराचिगे आउट भएपछि काठमान्डु ९२ रनमा ६ विकेट गुमाउने अवस्थामा पुग्यो । त्यसपछि पनि उसले ठूलो साझेदारी गर्न सकेन । कप्तान करण केसी र जहानदाद खान समान १ रनमा आउट भए । सोनु देवकोटाले ६ र सन्तोष यादवले १० रन बनाए ।

चितवनका रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन दिँदै ३ विकेट लिए । कुशल मल्ल र सलाउद्दिन खानले एक–एक विकेट लिए । चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनल पुगिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया
कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा
अपांगता समावेशी विकासमा सरकारी प्रयास पर्याप्त भएनन्, कार्यान्वयनमै चुनौती
बेलबारीमा बाँसघारीभित्र जुवाखाल, प्रहरीले हान्यो छापा
निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा केशरकुमार बुढाथोकीको उम्मेदवारी, यस्तो छ प्यानल
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनविरुद्ध प्रहरीमा जाहेरी
प्रहरीले ओलीको दाबी खण्डन गर्दै भन्यो, ‘कसैलाई थुन्ने अभिव्यक्ति दिएको छैन’
कांग्रेस विभाजित भइसकेको लेखकको स्वीकारोक्ति
झापादेखि कञ्चनपुरसम्मका किसानबाट डेढ लाख क्विन्टल धान किन्ने तयारी
‘गृहमन्त्रीकी आमा’ भन्दै भिडियो पोस्ट गर्ने तीन जना पक्राउ
विराटनगरमा स्व. गोल्छाको स्मृतिमा उद्योगी–व्यवसायीले गरे सम्मान तथा सहयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.