सालकको खपटा तस्करीमा संलग्न गिरोह पक्राउ

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३, सोमबार १८:५२

विराटनगर । दुर्लभ वन्यजन्तु सालकको खपटा तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ । मोरङ र उदयपुरबाट ५ जना पक्राउ परेका हुन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ बाट गत शनिबार दिउँसो २ जना पक्राउ परेका थिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गरेको थियो ।

त्यस क्रममा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका–१ बबियाका ४५ वर्षीय गगनकुमार गच्छदार र पछाडि सवार सप्तरीको कञ्चनरुप नगरपालिका–५ का ३५ वर्षीय बासुदेव सरदार पक्राउ परेका थिए । सरदारले बोकेको झोलाबाट ८ सय ५० ग्राम खपटा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार सालकको खपटा बरामद भएसँगै मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सब डिभिजन वन कार्यालय कानेपोखरीको जिम्मा लगाइएको एसपी कार्कीले बताए ।

पक्राउ परेका दुई जनामाथि अनुसन्धान सुरु गरिएपछि उनीहरुले दिएको बयानका आधारमा उदयपुरबाट थप तीन जना पक्राउ परेका हुन् । जिल्ला वन कार्यालय मोरङको टोलीले उदयपुर पुगेर बेलका नगरपालिका–३ का ४८ वर्षीय कृष्णराज मगर, बेलका–६ का ५६ वर्षीय डिकबहादुर पूर्वाछाने मगर र सप्तरीको अग्निसाई–कृष्णनगर गाउँपालिका–१ का ५५ वर्षीय उमेशप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

तीनै जनालाई बेलका–३ रामपुरठोक्सिलास्थित गिदेरी खोला बगरबाट पक्राउ गरिएको वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरुको साथबाट ३ किलो ७ सय १२ ग्राम खपटा बरामद भएको थियो ।

पक्राउ परेकाले प्रयोग गरेको बा ८२ प ८८०५ र को ११ प ७६२१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि उदयपुरस्थित वन कार्यालयको जिम्मा लगााइएको छ ।

मोरङ र उदयपुरबाट जम्मा ४ किलो ५ सय ८४ ग्राम खपटा बरामद भएको वन कार्यालयले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.