झापामा खुकुरीले हानेर पतिले गरेको पत्नीको हत्या

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ४, मंगलबार २०:३५

झापा । झापामा खुकुरीले हानेर मंगलबार साँझ पति (श्रीमान)ले आफ्नै पत्नी (श्रीमती)को हत्या गरेका छन् ।

शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्नेत अन्दाजी ४७ वर्षीय ओमप्रकाश अधिकारीले पत्नी अन्दाजी ५२ वर्षीया रञ्जना गौतम (अधिकारी)को हत्या गरेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार घरयासी विवादका कारण पतिले पत्नीको घाँटीमा खुकुरीले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साँझ ६ः३५ बजेतिर पतिले खुकुरी प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी चन्दले बताए । उनका अनुसार पत्नीको हत्यामा संलग्न ओमप्रकाशलाई खुकुरीसहित पक्राउ गरिएको छ । ओमप्रकाशविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

बाबुको दाउ प्रहारबाट छोरा घाइते
झापामै बाबुले दाउ प्रहार गरेर छोरालाई घाइते बनाएका छन् । मेचीनगर नगरपालिका–३ दोकान डाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले आफ्नै छोरा अन्दाजी ३० वर्षीय डिल्लीराम दाहाललाई साँझ ७ः१० बजेतिर दाउले प्रहार गरेको डीएसपी चन्दले बताए ।

उनका अनुसार खाना खाने विषयलाई लिएर विवाद हुँदा बाबुले छोरालाई धारिलो हतियारले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाबुले दाउ प्रहार गर्दा डिल्लीरामको टाउको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते अवस्थाका डिल्लीरामको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । छोरामाथि दाउ प्रहार गर्ने पुण्यप्रसादलाई घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.