कोशीमा अस्थायी लाइसेन्स बाँड्ने तयारी

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ८, शनिबार १४:०२

विराटनगर । कोशी प्रदेश सरकारले अस्थायी सवारी चालक अनुमति पत्र ( लाइसेन्स ) बाँड्ने तयारी गरेको छ । लाइसेन्स छपाईमा ढिलाई भएपछि प्रदेश सरकारले सवारी चालक अनुमति  पत्रको परीक्षा पास गरेकाहरूलाई अस्थायी लाइसेन्स बाँड्ने तयारी गरेको हो ।

सङ्घीय सरकारले यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो । तर युजर आइडी नदिँदा कोशी सरकारले अस्थायी लाइसेन्स वितरण गर्न सकेको थिएन ।

यातायात व्यवस्था विभागले भदौ पहिलो साता युजर आइडी र पासवर्ड सरकारलाई दिएपछि केही दिन भित्र बाँड्ने तयारी भएको आन्तरिक मामिला कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए । अबको एक हप्ता भित्र प्राविधिक पक्षको तयारी गरी अस्थायी लाइसेन्स बाँड्ने उनको भनाई छ । ‘सफ्टवेयर र डाटा स्टोरेजकाे तयारी गर्न एक हप्ता लाग्छ,’ उनले भने,‘  भदौबाटै अस्थायी लाइसेन्स बाँड्छौं’ ।

प्रदेशले बाँड्ने अस्थायी लाइसेन्स क्यूआर कोडसहितको हुनेछ । लाइसेन्स वितरणका लागि कर्मचारीलाई तालिम दिने उनले बताए ।

यसअघि यातायात व्यवस्था विभागले युजर आइडी र पासवर्ड नदिँदा लाखौं मूल्य बराबरका अस्थायी सामग्री गोदाममा थन्किएका थिए ।

प्रदेशलाई स्मार्ट कार्ड छपाई गरी वितरण गर्न परिपत्र गरेको यातायात व्यवस्था विभागले युजर आइडी र पासवर्ड नदिँदा ४७ लाख १२ हजार नौ सय रुपैयाँमा खरिद गरिएका प्रिन्टर ११ थान, रिविन कार्टेज एक सय ४० थान, अस्थायी लाइसेन्स कार्ड ५० हजार थान गोदाममा थन्किएका थिए ।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आफ्नो प्रदेशको सवारी चालक  अनुमतिपत्र मन्त्रालय स्वयंले छपाई गरी वितरण गर्न २०८० वैशाख ४ गते निर्णय गरी सोही अनुसार परिपत्र गरेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि सावरी चालक अनुमति पत्र छपाई गर्न आवश्यक सामान खरिद गरिसकेको छ ।

लाइसेन्स वितरणका लागि प्रदेश सरकारलाई नै सम्पूर्ण अधिकार आएकाले ट्रायल पास गरेर आएका नयाँ सेवाग्राहीलाई लाइसेन्स दिने भएपछि लामो समयसम्म लाइसेन्स लिनका लागि पर्खनुपर्ने बाध्यता हट्ने भएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.