झापामा बालिकामाथि ७ जनाले गरे सामूहिक बलात्कार

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ९, आइतबार ०८:३५

झापा । झापामा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा ७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई अलगअलग स्थानमा पुर्याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेका हुन् । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

उनका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको चन्दले बताए ।

बालिकालाई सुरुमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले बालिकालाई राति ८ः१५ बजेतिर अर्जुनधारा–८ नयाँ बजार पुर्याएर बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि बालिकालाई राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा पुर्याइयो । अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशीले अर्जुनधारा–७ मा सञ्चालन गर्दै आएको होटलमा लगेर होटल मालिकसहित अरु ४ जनाले बलात्कार गरेको डीएसपी चन्दले बताए ।

उनका अनुसार होटल सञ्चालक राजवंशीसहित होटलमा ‘कुक’को काम गर्दै आएका अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बारेमा प्रहरीले शनिबार साँझ मात्रै जानकारी पाएको थियो ।

बालिकामाथि सामूहिक बलात्कार भएको घटनासँग सम्बन्धित जाहेरी साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनीमा परेको हो । त्यसपछि बलात्कारमा संलग्नको खोजी र पक्राउका लागि इन्सपेक्टर सन्तोष राईको नेतृत्वमा प्रहरी परिचालन गरियो ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोप लागेका होटलका सञ्चालक सुनीलसहित ६ जनालाई पक्राउ गरेको छ । सञ्जीव फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बलात्कारबाट पीडित भएकी बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी चन्दले बताए । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.