विराटनगरमा भोलि रथयात्रा, प्रदेशभर सार्वजनिक बिदा

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १०, सोमबार १९:०५

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने रथयात्राका लागि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मंगलबार प्रदेश सरकारले कोशी प्रदेशका १४ वटै जिल्लामा बिदा दिएको हो ।

विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको थियो ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएकाे दाबी गरिन्छ । विराटनगर महानगरपालिका– १ स्थीति राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ विराटनगर निकालिन्छ । मंगलबार दिउँसो साढे ३ बजे मन्दिरदेखि सुरु हुने रथयात्राले  बजार क्षेत्रकाे ९ किलोमिटर यात्रा तय गर्ने छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

संघीय सरकारले दिएका सार्वजनिक बिदाहरूबाहेक वर्षभरिमा प्रदेशलाई थप ६ वटा बिदा दिने सुविधा छ । महानगरमा निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेश भरि बिदा दिएकाे हाे ।

२०८० चैत ९ गते राजपत्र प्रकाशित गर्दै प्रदेश सरकारले भदौं ११ गते राधाकृष्ण रथयात्रा, छठ पर्वमा कात्तिक २३ गते र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशभर विदा दिने निर्णय गरेको थियो । त्यस्तै सिरुवा पर्वमा बैशाख २ गते, झापा मोरङ सुनसरी र उदयपुर र भदौं २३ गते ऋषि पञ्चमीमा प्रदेशभरि महिला कर्मचारीलाई मात्रै विदा दिने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.