
विराटनगर । मोरङको कटहरीमा रहेको श्री पशुपतिनाथ जुट मिल्समा आगलागी भएको छ । सोमबार दिउँसो कटहरी गाउँपालिका ४ मा रहेको श्री पशुपति जुट मिल्समा आगलागी भएको हो । दमकलको सहयोगमा आगो करिब डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मिल्सको कच्चा पदार्थ जुट जलेको सञ्चालक अमित जैनले जानकारी दिए ।
आगलागीको कारण भने खुल्न नसकेको बताउँदै उनले भने,‘ मेसिन चलिरहेको बेला आगो लागेको हो ।’
आगलागीबाट ३० लाख हाराहारीको क्षति भएको उनले बताए । आगोले दुई वटा ब्रेकर मेसिनमा पनि क्षत्रि पुगेको छ ।

























