पाेखरीया स्कुलबाट छात्राले किन हाम फालिन् ?

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १७, सोमबार १६:३३

विराटनगर । विराटनगरको एउटा विद्यालयमा अध्ययनरत छात्राले सोमबार दिउँसो दोस्रो तलाबाट हाम फालेकी छन् ।

विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्राले २ तला माथिबाट दिउँसो ३ बजेतिर हाम फालेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर–१ घर भएकी छात्राले आफैं हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुरुमा उनी लडेको अनुमान गरिएको थियो । तर, विद्यालयमा रहेको सीटी क्यामेरा फुटेज हेर्दा आफैंले हाम फालेको देखिएको बस्नेतले बताए । उनका अनुसार छात्राको अवस्था मध्यम छ । उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको बस्नेतले बताए ।

ती छात्राले यसअघि पनि विद्यालयको माथिल्लो तलाबाट हाम फाल्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।

‘यसअघि पनि हाम फाल्ने प्रयास गरेकी रहिछन् । यो विषयमा विद्यालयले अभिभावकलाई पनि जानकारी गराइसकेको रहेछ,’ बस्नेतले भने, ‘छात्रामा केही मानसिक समस्या हो कि जस्तो देखिन्छ । थप अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।’

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.