कोशी प्रदेश : संशोधन विधेयकमाथिको संशोधन रोक्न आन्दोलन

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १८, मंगलबार १४:२९

विराटनगर ।  कोशी प्रदेशसभा सचिवालय दर्ता भएको संशोधन विधेयकमाथिको संशोधन रोक्न कर्मचारीले प्रदर्शन गरेका छन् । प्रदेशसभामा सैद्धान्तिक छलफलपछि पास गर्ने चरणमा रहेको प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको संशोधनको विरोधमा प्रदेशका छैटौँ तहका कर्मचारीले  प्रदर्शन गरेका हुन् ।

प्रदेशसभा बैठकमा संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । छलफलपछि संशोधन दर्ताका लागि दिइएको ७२ घण्टाको समय आज सकिदैछ । मंगलबार दिउँसोसम्म एमाले सांसद इन्द्रमणि पराजुली र माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले संशोधन दर्ता गराएका छन् ।

सत्तापक्षले छैटौँ तहका कर्मचारीलाई स्वत सातौँ हुने प्रावधान रोक्नका लागि संशोधन दर्ता गर्न खोजेको भन्दै प्रशासन र लेखा समूहका छैटौँ तहका कर्मचारीले विरोध गरेका हुन् ।

‘संशोधन विधेयकमा एक पटकका लागि ११ वर्ष सेवा अवधि पुगेका छैेटौं तहमा आएका कर्मचारीलाई स्वत सातौँ तहमा बढुवा गर्ने प्रावधान छ, तर त्यसलाई रोक्ने प्रयास भइरहेको छ,’ प्रदर्शनमा उत्रिएका छैटौँ तहका एक कर्मचारीले भने,‘ राजनीतिक सहमतिमा आएको विधेयकमा सत्तापक्षबाटै हटाउने प्रयास भयो ।’ कर्मचारीको वृति विकासमा अवरोध गर्न खोजेपछि विरोध गरेको ति कर्मचारीको भनाई छ ।

सरकारले संसदमा दर्ता गरेको संसोधन विधेयकको दफा ८ मा भनिएको छ,‘ समायोजन ऐन बमोजिम प्रदेशमा अधिकृत छैटौँ तहमा समायोजन भएका र यो ऐनको दोस्रो संशोधन  प्रारम्भ हुँदाको बखतसम्म एक पटक पनि तह वृद्धिको सुविधा नपाएका र समायोजन हुनुपूर्व राजपत्र अङ्कित प्रथम श्रेणीको सेवा अवधि र अधिकृत छैटौँ तहको सेवा अवधिसमेत गणना गरी ११ वर्ष सेवा अवधि पुरा भई सम्बन्धित सेवा समूह उपसमूहका लागि आवश्यक पर्ने विषयमा स्नातक तह उत्तीर्ण गरेका कर्मचारीलाई एक पटकका लागि मात्र अधिकृत सातौँ तहमा बढुवा गर्नुपर्नेछ ।’

यो विधेयकमा सातौँ तहका कर्मचारीले असन्तुष्टि जनाइरहेका छन् । संघको अधिकृतमा नाम निकालेर प्रदेशमा समायोजन भएका अधिकृतहरूले स्वत तहवृद्धि गर्दा मेरिटका आधारमा आएकाहरूलाई अन्याय हुने बताइरहेका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.