कृषि एक्स्पाेकाे तयारी पूरा, जिल्ला बाहिरकालाई खाना बस्ने सुविधा

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २५, मंगलबार १३:५७

विराटनगर । विराटनगरमा पहिलो पटक आयाेजना गर्न लागिएको कृषि एक्स्पाेकाे तयारी पूरा भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशले  भदाै २७ देखि ३० गतेसम्म सञ्चालन गर्ने एक्स्पाेकाे तयारी पूरा भएको हाे । एक्स्पाे विराटनगरकाे तीनपैनीदेखि पूर्वतर्फ रहेको कृषि बजारमा हुनेछ ।

एक्स्पाेमा १३० वटा स्टल रहने नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । एक्स्पाेमा भारतकाे काेलकत्ता र बिहारका २० वटा कृषिका स्टलहरु रहने उनले बताए ।

एक्स्पाे अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिङ्ग,क्लाइमेट चेन्ज , जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायत विषयमा नेपाल र भारतका विज्ञकाे सहभगीतामा सम्वाद राखिएको छ ।

कृषि अौजारकाे प्रदर्शनी, उन्नतजातका पशुपंक्षीकाे प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजकाे प्रतियोगिता खेतदेखि भान्साकाे अनुभव र फुट फेस्टिवल गरिने उनले बताए ।

मेलामा अवलाेकनका लागि बाहिर जिल्लाबाट आउनेका लागि खाना र बस्न निशुल्क गरिएको  अध्यक्ष राउतले बताए । पहाडी जिल्लाबाट अवलोकनका लागि आउने र एकै दिनमा फर्कन नसक्नेका लागि बस्ने र खाने सुविधा दिइएको उनले बताए ।

कृषिमा आत्मनिर्भर  बनाउनका लागि सहयोग गर्ने उदेश्यसहित आयाेजना गरिएको एक्स्पाे सञ्चालनका लागि एक कराेड खर्च लाग्ने राउतले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.