
विराटनगर । कोशी प्रदेशसभाको विषयगत समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ गरेका छन् । बिहीबारको मनोनयनमा एकल उम्मेद्वारी परेपछि निर्विराेध निर्वाचित भएका सभापतिहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेशसभा सचिवालयमा सभामुख अम्बरबहादुर बिष्टले सभापतिहरूलाई शपथ गराएका हुन् ।
कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा होम बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
शपथ ग्रहण पश्चात सभापतिहरूले शुक्रबार नै आफ्नो कार्यकक्षमा पद बहाली गरेका छन् ।

























