रमित लाग्दो रमिते

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ५, शनिबार १७:००

विराटनगर । रमिते मोरङको उत्तरपूर्वी गाउँपालिका मिक्लाजुङ गाउँपालिकामा पर्छ । चुरे पहाडदेखि माथि रहेको रमिते रमितलाग्दो स्थान हो, जहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

मिक्लाजुङ –१ मा पर्ने रमिते पूर्वपश्चिम राजमार्गबाट करिब २६ किलोमिटर उत्तरमा पर्छ । यातायातको सुविधा सहज भएपछि दुई वर्षयता रमिते क्षेत्र पर्यटकको चहलपहल बढ्दै आएको वडाध्यक्ष पर्वत राई बताउँछन् । रमितेको मुख्यः बजार आइतबारेमा सानो बजार र त्यहाँबाट देखिने दृष्य लोभलाग्दो छ ।

रमितेबाट दृश्यावलोकनका लागि बेलाबेला बाह्य पर्यटक पनि पुग्छन् । रमितेबाट देखिने हरियाली र तराईका मनोरम फाँटले जो कोहीको मन लोभ्याउने उनी बताउँछन् । ‘करिब २ वर्ष भयो, पर्यटकको आवागमन बढेको,’ राई भन्छन्,‘ ६ महिनायता शुक्रबार र शनिबार पर्यटकको चाप अत्याधिक हुन्छ । वातावरण र स्थानीय खानपानले पर्यटकलाई लोभ्याइरहेको छ ।’ तराई क्षेत्रबाट घुम्नका लागि रमितेसम्म पुग्ने पर्यटक केही समय बसेर फर्कन्छन् । पर्यटक बढेपछि आइतबारेमा १५ वटा होटल खुलेका छन् ।

उनका अनुसार पर्यटक बढेपनि आवश्यक भौतिक संरचना भने रमितेमा छैन । पर्यटकीय क्षेत्रमा संरचना निर्माणका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरिएको उनले बताए ।गतवर्ष गर्मीयाममा सो क्षेत्र घुम्न पुगेकी उर्लाबारीकी बबिना लिम्बू पछिल्लो समय व्यवसायिक रुपमा रमितेमा जोडिएकी छिन्। उर्लाबारी, इटहरी, इलाम, धुलाबारी, खुदुनाबारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी बबिनाले गतवर्ष चैत्रबाट सो क्षेत्रमा होटल रेष्ट्रो सञ्चालनमा ल्याएकी छन् ।

६ जना महिलाहरूको संयुक्त लगानीबाट सञ्चालनमा आएको सो रेष्ट्रोमा शुक्रबार र शनिबार अत्याधिक भीड हुने गरेको लिम्बू बताउँछिन् ।  ‘गतवर्ष यो स्थान घुम्न आउँदा पर्यटकीयस्थल बन्न सक्ला भन्ने थियो । तराईबाट यहाँसम्म आउन बाटो पनि राम्रो छ,’ उनी भन्छिन्,‘ एउटा रेष्ट्रो साथीसँग मिलेर खोलेका छौ । यहाँको मौसम र उत्तरतर्फ देखिने हिमाल, दक्षिण तराईका फाट र बजारको दृष्य मनमोहक देखिन्छ ।’ सामाजिक सञ्जालमा सो क्षेत्रको दृष्य राख्न थालेपछी पर्यटकहरूको आवागमनमा बढेको उनले बताइन् ।

विराटनगरका व्यवसायी पवन नेपाललाई पनि पहिलोपटक पुग्दा रमितेले लोभ्यायो । ‘दमकका साथीले रमितेको नाम लिएपछि ११ जना साथीहरू आयौ, लोकेसन पनि सोचे भन्दा फरक र धेरै राम्रो लाग्यो,’ उनी भन्छन्,‘ रमितेको विकास गर्न सके भेडेटारको विकल्प हुनसक्छ ।’  सीमित होटल व्यवासय हुदाँ खानपानमा भने केही सुधार गर्नुपर्ने  उनी बताउँछन् ।

दमकका राजेश प्रसाई पनि गर्मी छल्ने कहिलेकाँही रमिते पुग्छन् । काठमाडौंमा व्यवसाय गर्दै आएका प्रसाई दमक घर आएका समय परिवार र साथीहरुसंग रमाईलोका लागि पुग्ने गरेको बताउँछन् । ‘यहाँको डाँडाकाँडा, मौसमले लोभ्याउछ,’ उनी भन्छन्,‘ संरचनाको भने अभाव छ, सरकारले लगानी गरे नयाँ गन्तब्य बन्न सक्छ ।’  उर्लाबारीबाट करिब २६ किलोमिटरको उत्तरमा रहेको रमितेमा सुनसरी, मोरङ, झापाबाट बढी पर्यटक पुग्छन् । कोशी प्रदेश सरकारले आउँदो वर्ष २०८२ लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ । पर्यटन वर्षका लागि रमिते आकर्षक गन्तब्य बन्नसक्छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.