इन्सपेक्टर बिनु शाहीमाथि सुरु भयो कारबाही

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १३:३०

काठमाडौं । नेपाल प्रहरीकी इन्सपेक्टर (प्रहरी निरीक्षक) बिनु शाहीमाथि कारबाही सुरु भएको छ ।

उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत थिइन् । आर्थिक लेनदेनको आरोप लागेपछि शाहीलाई जिम्मेवारीबाट हटाएर थप कारबाहीको प्रक्रिया अघि बढाइएको हो । गत जेठ २३ गते उनलाई भैंसीपाटी पठाइएको थियो । उनलाई निलम्बन गर्ने तयारी छ ।

‘हनिट्रयाप’को गिरोहसँग मिलेर बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै १ जना व्यक्तिसँग रकम लिएको आरोप उनीमाथि लागेको छ । ३० लाख रकम लिएको र आधा इन्सपेक्टर शाहीले पाउने सर्त रहेको प्रहरी स्रोतले बतायो । यद्यपि, जिल्ला प्रहरी कार्यालय ललितपुरले भने यसको पुष्टि गरिसकेको छैन ।

शाहीमाथि छानबिन गर्नका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति गठन गरेको छ । डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेर छानबिनको प्रक्रिया अघि बढाइएको हो ।

यही घटनामा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामाथि आपराधिक लाभ सम्बन्धी कसुरमा कारबाही अघि बढाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा पनि इन्सपेक्टर शाही विवादमा परेकी थिइन् । हिरासतमा भएका थुनुवा तथा आफ्नै प्रहरी कर्मचारीमाथि ज्यादती गरेको लगायतका घटनामा उनी मुछिएकी थिइन् ।

कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र नाथले २०८० माघमा शाहीकै कारण राजीनामा दिनु परेको बताएका थिए । त्यसबारे समाचार लेखेको आरोपमा कञ्चनपुर प्रहरीले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो । त्यो घटनाको चौतर्फी विरोधसमेत भयो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.