खैरो हेरोइनसहित विराटनगरबाट २ जना पक्राउ

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १६:४९
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट बिहीबार दिउँसो २ जना पक्राउ परेका छन् ।

भारतको जोगवनीबाट खैरो हेरोइन खरिद गरेर फर्किएकाहरु विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले दिउँसो ३ः३० बजेतिर मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ३० वर्षीय शंकर दाहाल र २५ वर्षीय नन्दु फुयाँललाई पक्राउ गरेको हो ।

दाहाल र फुयाँल सवार को ६ प ९६ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यस क्रममा मोटरसाइकल चालक दाहालको साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु २.६१ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र लागुऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.