
विराटनगर । सर्वाेच्च अदालतले १ सय ५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ ।
सर्वाेच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले नेपाल कानुन व्यावसायी परिषद् ऐन २०५० को दफा २१ ब्मोजिम देशभरबाट १५९ जना अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गरेको हो । वरिष्ठ उपाधि पाउने सूचीकाे पहिलाे नम्बरमा उत्तमप्रसाद सापकाेटा र दाेस्राे नम्बरमा दामाेदर पाैडेल छन् ।






























