
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का कोइराला र विराटनगर महानगरपालिका– ४ की गच्छदारलाई सदस्य नियुक्त गरेको हो । उनीहरु नेपाली कांग्रेस काेटाबाट नियुक्त भएका हुन् ।
नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्य बनेका सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले बिहीबार नै पदबाट राजीनामा दिएका थिए ।

























