झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार २०:४५
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका– ११ दूधेमा पिकअप गाडीको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको दूधे खण्डमा झिलझिलेबाट माईधारतर्फ गइरहेको प्र. १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई प्र. १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक शिवसताक्षी नगरपालिका– ९ की ४० वर्षीया जानुका अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनलाई तत्कालै उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोडमा लगिएको थियो । उपचारका क्रममा साँझ उनको मृत्यु भएको हो ।

पिकअप चालक, इलाम नगरपालिका– १ निवासी ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.