वर्षाले रोकियो सडकको खाल्डा पुर्ने काम

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार १९:३३

विराटनगर । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मौसमका कारण सडकको खाल्डाखुल्डी पुर्ने काम रोकिएको बताएका छन् ।

सरकारले दशैँअघि लामोदूरीका कालोपत्रे सडकको खाल्डाखुल्डी पुर्ने घोषणा गरेको थियो । विराटनगरमा पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले मौसमका कारण सडकको खाल्डाखुल्डी पुर्ने काम रोकिएको बताएका हुन् । मौसममा सुधार आएपछि पुन खाल्डाखुल्डी पुर्ने काम सुचारु गर्ने उनले बताए ।

देशव्यापी रुपमा सङ्घीय मन्त्रालय अन्तर्गतका चार हजार पाँच सय किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने उनले बताए । दशैंमा घर जाने जनताको सहजताका लागि सरकारले द्रुतगतिमा काम गरिरहेको बताए ।

सङ्घीय मातहतमा रहेर बनिसकेका सडकको खाल्डाखुल्डी सङ्घीय सरकारले पुर्ने र आयोजना सम्पन्न नभई बिग्रिएका सडकहरू भने सम्बन्धित निर्माण व्यवसायीलाई पुर्न निर्देशन दिइएको बताए । विशेष परिस्थिति बाहेक दुई घण्टा भन्दा बढी यातायात अवरोध हुन नदिने गरी सरकारले काम गरिरहेको बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले देशलाई विकासको गति दिन संविधान संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए । मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै पनि हालमा नखोसिने दाबी गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.