झापामा बाढीले २ जनालाई बगायो, २ पुलमा क्षति

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार २०:२६
बाढीबाट प्रभावित भएकाहरु

विराटनगर । अविरल वर्षासँगै आएको बाढीले झापामा २ जनालाई बगाएको छ । एउटा मोटरसाइकल पनि बाढीमा बगेको छ । प्रहरीका अनुसार बाढीले दुई वटा पुलमा क्षति पुगेको छ ।

झापाको कचनकवल गाउँपालिका–१ मा १४ वर्षीया बालिका र सोही पालिकाको वडा नम्बर २ मा बाढीले मोटरसाइकल बगाएको हो ।

शुक्रबार दिउँसो कचनकवल गाउँपालिका –१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

झापाको कमल गाउँपालिका– १ बस्ने ३५ वर्षीय टिकाराम चौधरीलाई कृष्ने खोलाले बगाएको छ । माछा मार्ने क्रममा बेपत्ता भएका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कचनकवल– २ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र।१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको प्रहरीले बताएको छ । चालक सोही स्थानका २७ वर्षीय रबिन भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

बाढीले एउटा पुलमा क्षति पुगेको छ, भने एउटा पुल बगाएको झापा प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

अर्जुनधारा नगरपालिका– ७ मा बिरिङ खोलामा  रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल – १ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.