पाँचथरमा पहिरोले घर पुरियो, नाबालिका छोरी र आमाको मृत्यु

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १२, शनिबार ०८:३३

फिदिम : पाँचथरको फिदिममा घरमाथिबाट खसेको पहिरोले नाबालिका छोरी र आमाको मृत्यु भएको छ । पहिरोले घर पनि पुरिएको छ ।

फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए ।

तर, साथीको घरमा गएर सुतेका बेला बिहान ३ः३० बजेतिर आमा–छोरीलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका ३ जना भागेर ज्यान बचाउन सफल भएका छन् ।

पहिरोले पुरेको अवस्थामा शव बाहिर निकालिएको प्रहरीले जनाएको छ । पहिरोले आदिवासी जनजाति महासंघ पाँचथरको भवन पनि पुरिएको छ । घटनास्थलमा थप उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.