
काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएपछि बाधको ढोका (गेट) खोलिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहानबाट बाँधमा रहेका दुईवटा ढोका खोलिएको हो ।
पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । केन्द्रका प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएको हो ।
बाँधका ढोका खोलिएपछि जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने र्भकाले त्यस वरपर क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

























