
काठमाडौँ । लगातार परेको वर्षाका कारण काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार काठमाडौँ र ललितपुरमा ९–९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ ।
एसएसपी विनोद घिमिरेका अनुसार तीन जिल्लामा ६ जना बेपत्ता छन् । काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते भएका छन् ।
बाढीमा उद्धारका लागि ३ हजार ६० जनाको टोली खटाइएको छ ।
निरन्तरको वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका खोला किनारका अधिकांश बस्ती डुबानमा छन् ।

























