कमला ह्यारिसको स्वास्थ्य विवरणमा के छ ?

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २७, आइतबार १५:२३

काठमाडाैं – अमेरिकामा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् । उनले आफ्नो स्वास्थ्य ठीक रहेको र राष्ट्रपति पदका लागि उपयुक्त रहेको बताएकाे बीबीसीले जनाएको छ ।

ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि निवर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्न अनुरोध गरेकी छन् ।

उपराष्ट्रपतिसमेत रहेकी ह्यारिसले आफ्ना रिपब्लिकन प्रतिस्पर्धी अर्थात् ट्रम्प राष्ट्रपति हुनका लागि स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी नागरिकलाई थाहा दिन नचाहेको आरोप लगाइन् । अहिले ७८ वर्षका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर विपक्षी डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन् ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडेनबारे रिपब्लिकनहरूले पनि त्यस्तै प्रकृतिको आलोचना गर्दै आएका थिए । अमेरिकामा अर्को महिना राष्ट्रपति पदको लागि चुनाव हुँदैछ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.