आगलागीपछि उडेको धुवाँको मुस्लो ।विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित विराटनगर मालपोत कार्यालयनजिकको क्यान्टिनमा लागेको आगो नियन्त्रणमा आएको छ ।
प्रहरीका अनुसार मालपोलत कार्यालयनजिक भोला साहको चिया नास्ता पसलमा सोमबार साँझ आगो लागेको थियो । स्थानीय, दमकल र प्रहरीको सहयोगमा साँझ ७ बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको हो ।
आगलागी लगभग ६ः१५ बजेतिर सुरु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ ।
आगोले चिया नास्ता पसल जलेको छ । क्षतिको यकिन विवरण आइसकेको छैन । क्षतिको विवरण संकलन गर्दै घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगरको मालपोत कार्यालयको क्यान्टिनमा आगलागी, नियन्त्रणको प्रयास जारी

























