विराटनगरमा गायक दुर्गेशको प्रस्तुति

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १६, मंगलबार १२:४०

विराटनगर । पछिल्लो चर्चामा रहेका गायक दुर्गेश थापाले शुक्रबार विराटनगरमा आफ्नो साँगीतिक प्रस्तुति गर्ने भएका छन् ।

लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्ट मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन दुर्गेशले साँगीतिक प्रस्तुति गर्ने जानकारी दिइएको हो । 

Advertisement

नयाँ वर्षको अवसर पारेर दुवै संस्थाले विराटनगरको हाटखोलाको मैदानमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ साँगीतिक कार्यक्रम गर्न लागेको कार्यक्रमका संयोजक सन्तोष महतले जानकारी दिए । 

उनका अनुसार दुर्गेशको साथै फेसन सो, स्थानीय कलाकारको साँगीतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिइने छ । 

साँगीतिक कार्यक्रमलाई थप आकर्षण बनाउन स्थानीय खानाका परिकारका स्टल रहने छन् । साँगीतिक कार्यक्रम हेर्नका लागि २ सय र ३ सय दरका टिकटको व्यवस्था गरिएको छ ।

कार्यक्रम गर्नका लागि अनुमानित खर्च १३ लाख रुपैयाँ रहेको संयोजक महतले बताए । उनले कार्यक्रमबाट बचेको रकम विपन्न परिवार र अपांगता भएकालाई सहयोग गर्ने प्रस्ट्याए । 

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.