झापाबाट हतियारसहित भारतीय नागरिक पक्राउ

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार २०:५९

विराटनगर । झापाबाट प्रहरीले हतियारसहित १ जना भारतीय नागरिकलाई शुक्रबार साँझ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्कबाट ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो । भारतको सिलिगुडी घर भएका पाठकलाई साँझ ७ः२० बजेतिर पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार पाठक डब्लुबी ७० जी ३२३२ नम्बरको कारमा सवार थिए । कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सिटमुनि लुकाएर राखिएको अवस्थामा म्याग्जिनसहितको एयर पेस्तोल फेला परेको खड्काले बताए ।

पेस्तोल खोलेर हेर्दा ५ राउण्ड गोली र कारको सिटमुनिबाट दापसहितको २ वटा खुकुरी बरामद भएको जानकारी उनले दिए । मोबाइल र पाठकको साथमा भएका अन्य कागजात पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी के कामका लागि हतियारसहित नेपाल आएका हुन् भन्ने यकिन भइसकेको छैन । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.