काँकरभिट्टामा हतियारसहित १ जना भारतीय नागरिक पक्राउ 

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ७, शनिबार १८:१४

विराटनगर । झापाको काँकडभिट्टाबाट प्रहरीले १ जना भारतीय नागरिकलाई पेस्तोल र खुकुरीसहित पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका –६ काँकडभिट्टा बसपार्कबाट भारत पश्चिमबंगलाको सिलिगुडीका ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई पेस्तोल र खुकुरीसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका पाठकको साथबाट मेड इन इन्डिया लेखिएको कालो रंगको एयर पेस्तोल १ थान, एयर बुलेट ५ राउन्ड र खुकुरी २ थान बरामद गरिएको थियो ।

शुक्रबार बेलुका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका  डीएसपी राजन लामाको टोलीले शंका लागी डब्लुबी ७० जी ३२३२ नम्बरको कारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको सिट मुनी लुकाई छिपाइ राखेको एयर पेस्तोल र खुकुरी फेला परेको एसपी पोखरेलले बताए ।

अवैध हतियारसहित पक्राउ परेका पाठकलाई इप्रका काँकडभिट्टाले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.