सुनसरीमा पतिको कुटाइबाट पत्नीको मृत्यु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार ०९:०१

विराटनगर । सुनसरीमा पति (श्रीमान)को कुटाइबाट पत्नी (श्रीमती)को मृत्यु भएको छ । घटना बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार ३० वर्षीय सोनिया मुसहरले पत्नी २४ वर्षीया ढली भनिने गंगा सरदारको हत्या गरेका हुन् । सामान्य वादविवादमा सोनियाले कुटपिट गर्दा पत्नीको मृत्यु भएको उनले बताए ।

उनका अनुसार सोनियाले शनिबार राति ९ बजेतिर पत्नीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी पत्नीलाई उनले घरमै राखे । घाइते अवस्थाकी पत्नी गंगाको आइतबार घरमै मृत्यु भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरीको पत्नीको हत्यामा संलग्न सोनियालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.