
काठमाडौं । नेपाल सरकारले लागुऔषधको बढ्दो ओसारपसार र कारोबारलाई नियन्त्रण गर्न आगामी आर्थिक वर्ष २०८२–०८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बिहीबार गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् । गृहमन्त्रीको घोषणासँगै अब लागुऔषध नियन्त्रण विभाग स्थापनाको प्रक्रिया अघि बढाइने भएको छ ।
लेखकले भने, ‘आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ ।’ सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको र विभिन्न योजनाहरु बनाएर काम गरिरहेको उनको दाबी छ ।
लेखकले विस्तार अत्यधिक हुँदा लागुऔषधबाट समाज प्रभावित बनिरहेको उल्लेख गरे । देशभरका कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु उनको भनाइ छ ।

























