सांकेतिक तस्बिर ।धरान । सुनसरीको धरान उपमहानगरपालिका– १० मा अहिले केही बेरअघि खुकुरी प्रहार हुँदा १ जना घाइते भएका छन् ।
मोरङका अविनाश राईले धरान–२० का २८ वर्षीय समीर राईमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट समीरको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर कोमल ठाकुरका अनुसार घाइतेलाई उपचारका लािग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविनाशले समीरलाई पछाडिबाट खुकुरी प्रहार गरेका थिए। घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि अविनाश फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको इन्स्पेक्टर ठाकुरले बताए ।

























