चाेरीकाे मोटरसाइकल चलाउँदै गरेका एकजना पक्राउ

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १४:०५

विराटनगर । चाेरी भएकाे मोटरसाइकल चलाइरहेकाे अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चोरी भएको मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले बेलबारी नगरपालिका– ६ का ३७ वर्षाीय किसन चौधरीलाई पक्राउ गरेको हो ।

गत जेठ २८ गते विराटनगर महानगरपालिका– २ हिमालयन बैंक अगाडीबाट को ३९ प ४१५० नम्बरकाे मोटरसाइकल चोरी भएको थियो ।

चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा बिहीबार कटहरी गाउँपालिका– १ मा फेला परेको थियो । किसन चौधरीले चलाउदै गरेको अवस्थामा फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.