धनपालथानमा नाबालिकाको हत्या : अनुसन्धानका लागि १ जना पक्राउ

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार १२:२१
फोटो क्याप्सन : बालिकाको शव फेला परेको घटनास्थल ।

विराटनगर । मोरङको धनपालथानमा नाबालिकाको हत्या अनुसन्धानका लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी छोरी ५ वर्षीया आत्तिका सरदारको शव फेला परेपछि प्रहरीले हत्या अनुसन्धानका लागि १ जनालाई नियन्त्रणमा लिएको हो ।

मोरङका प्रहरी उपरीक्षक नारायण चिमरीयाले बालिकाको हत्या अनुसन्धानका लागि शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको बताए । घटनाको अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिएका व्यक्तिको पहिचान प्रहरीले खुलाएको छैन ।

घटनाकाे अनुसन्धानका लागि एसपी चिमरिया आफैँ घटनास्थल पुगेका थिए ।

बालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । प्रहरीका अनुसार बालिकाको अनुहार घाँटीलगायत शरीरका विभिन्न भाग चोट छ ।

‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,‘ अनुसन्धान जारी छ ।’

बालिकामाथि बलात्कार भए नभएको विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.