स्वास्थ्य चौकीका कर्मचारीले गरे हत्या

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार १३:४८

हेटौंडा । स्वास्थ्य चौकीका कर्मचारीले १ जनाको हत्या गरेका छन् । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ती कर्मचारीलाई पक्राउ गरेको छ ।

घटना मवकानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका–९ मा भएको हो । स्थानीय ५७ वर्षीय रामबहादुर वाइबाको हत्या भएको प्रहरीले जनाएको छ । बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरेर शनिबार बिहान ५ बजेतिर वाइबाको हत्या गरेको मकवानपुर प्रहरीका डीएसपी श्यामु अर्यालले बताए ।

अर्यालका अनुसार गम्भीर घाइते वाइबाको उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीमा मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

हत्यामा संलग्न थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले वाइबाको हत्या गर्नुको कारण खुलेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.