धरानमा यात्रुवाहक बसभित्र भेटियो गाँजा, यात्रु पक्राउ

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १७:१९

विराटनगर । धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा गाँजा फेला परेको छ । बसभित्र गाँजा भेटिएसँगै १ जना यात्रु पक्राउ परेका छन् ।

धनकुटाबाट धरानतर्फ आइरहेको बा ३ ख १८९७ नम्बरको बसलाई धरान उपमहानगरपालिका–१३ निशाने डाँडामा रोकेर अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले सोमबार अपरान्ह १२ः३० बजेतिर चेकजाँच गरेको थियो । त्यस क्रममा बसभित्र प्यासेजमा २ वटा बोरामा केरा र तितेपातीको पातभित्र लुकाएर राखिएको अवस्थामा ५५ किलोग्राम गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उक्त गाँजा ओसारपसारमा संलग्न धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ५४ वर्षीय तेजबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.